Banner News

चन्द्रग्रहण परेकाले यस पटक नागपञ्चमी र जनैपूर्णिमा एकै दिन



काठमाडौ,११ साउन। हिन्दु धर्मावलम्बीहरुको पर्व नागपञ्चमी र जनै पूर्णिमा पर्व यो पटक एकै दिन मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले ऋषिपञ्चमी तथा रक्षाबन्धको अघिल्लो दिन चन्द्र परेकाले नागपञ्चमीकै दिन रक्षाबन्धन पनि मनाउनु पर्ने स्पष्ट पार्नुभएको छ । वैदिक धार्मिक परम्पराअनुसार पूर्णिमाको केही अवधि पहिले चन्द्रग्रहण वा सूर्यग्रहण परेमा सबै शुभकार्य पञ्चमीकै दिन गर्नुपर्ने डा गौतमको भनाइ छ ।

साउन २२ गते राति ११ बजेर ७ मिनेटबाट चन्द्रग्रहण लाग्ने भएका २३ गते ऋषि पञ्चमी र रक्षा बन्धन बाहेकका सबै कार्य गर्न सकिने डाक्टर गौतमले बताउनुभयो ।

यसपटकको चन्द्रग्रहण मेष, सिंह, कन्या बृक्ष राशीका लागि लाभदायक भएको पनि डा। गौतमले बताउनुभयो । त्यसैगरी विक्रम संवत १९६३, १९८२, २०२८ र २०४७ सालमा पनि पूर्णमाकै दिन चन्द्रग्रहण परेकाले नागपञ्चमी र ऋषीपञ्चमी एकै साथ मनाइएको पनि गौतमले बताउनुभयो ।