सम्पादकीय

इलाका प्रशासन छ महिनादेखि प्रमुखविहीन



देउखुरी, १४ साउन । इलाका प्रशासन कार्यालय लमहीमा केही दिनदेखि भीड बढेको छ । नगरिताको प्रमाणपत्र बनाउनेदेखि लिएर राहदानी र अन्य सिफारिसका लागि मानिसको भीड लागे पनि प्रशासन कार्यालयमा प्रमुख नहुँदा नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन एक हप्ता सेवाग्राहीलाई कुराउने गरिएको छ ।

राजपुर गाउँपालिका वडा नम्बर २ निवासी बलबहादुर बुढा आफ्नो छोराको नागरिता बनाउन इलाका प्रशासन कार्यालय धाउन थालेका दुई दिन भएको छ । तर उहाँको छोराको नागरिता बन्न सकेको छैन ।

बुधबार इलाका प्रशासन कार्यालयमा भेटिएका बुढाले भने, ‘छोराले ट्रक चलाउँछ, नागरिता नहुँदा लाइसेन्स िनकाल्न पाएको छैन, यहाँ हाकिम नहुँदा एक हप्ता कुर्नुपर्ने भयो, उनले गुनासो गर्दै भने, एउटा नागरिता बनाउन एक हप्तासम्म कुर्नुपर्ने बाध्यता छ । गोरखापत्रमा समाचार छ ।