राजनीति

भक्तपुरको जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा गेलाल र कुवँरको उम्मेदवारी दर्ता



भक्तपुर १५ साउन। नेकपा एमालेले भक्तपुरले जिल्ला समन्वय समितिको नामावलीको टुंगो लगाएको छ । उनीहरुले आजै उम्मेदवारी दर्ता समेत गरेका छन् ।

जस अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा नवराज गेलाल,उपप्रमुखमा सरिता कुँवरले उम्मेदवारी दर्ता गरेका छन् ।महिला सदस्यहरुमा गिता देउजा,कमला पोखरेल , सकुन्तला श्रेष्ठ र दलित अल्पसंख्यक महिलामा गिता बिसुंकेले उम्मेदवारी दर्ता गरेका छन् । त्यसरी नै सदस्यहरुतर्फ श्रीराम व्यान्जु,उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गरेको बुझिएको छ ।