काठमाडौ,१५ साउन । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो स्थान ल्याउन सफल नेकपा एमालेले चाँडै गठन हुन लागेको जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । एमाले स्थायी समितिको आज बसेको बैठकले १४ जिल्लाको समन्वय परिषद्को उम्मेदवार टुंगो लगाएको हो ।
एमालेले जिल्ला समन्वयका लागि मकवानपुरमा प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, रामेछापमा प्रमुखमा पे्रमबहादुर खड्का, उपप्रमुखमा दीपा पाख्रिन, रसुवामा प्रमुखमा कुलप्रसाद भट्ट, उपप्रमुखमा छोपेमा तामाङ्नी र भक्तपुरमा प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर रहेका छन् ।
सुर्खेतमा प्रमुख टोपबहादुर राजकोटी, उपप्रमुख दीपा मल्ल, डोल्पामा प्रमुख शेरबहादुर बुढा, सल्यानमा उपप्रमुख कुलबहादुर गिरी, कालिकोटमा प्रमुख पे्रमबहादुर शाही, उपप्रमुख सरिता आचार्य, जाजरकोटमा प्रमुख गोरे कार्की, उपप्रमुख कमलादेवी शाही, हुम्लामा उपप्रमुख खगेन्द्र कार्की रहेका छन् ।
मुगुमा प्रमुख पुर्णबहादुर रोकाय, उपप्रमुख कर्णशिला मल्ल, खोटाङमा प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमा खत्री, इलाममा प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली, बझाङमा प्रमुख खड्गबहादुर खड्का, उपप्रमुख भागिरथी अवस्थी जोशी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्