काठमाडौं, १८ साउन । गृहमन्त्री जनार्दन शर्मा र गृहसचिव लोकदर्शन रेग्मी दुवैले मन्त्रिपरिषद्बाट स्वीकृत सशस्त्र प्रहरी बलको समूहकृत दरबन्दी प्रक्रिया रोकेका छन् ।
आफ्नो ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्रमा सशस्त्र प्रहरी बलको संगठनात्मक पुनःसंरचना गर्ने उल्लेख गरेका मन्त्री शर्माले दुई महिनादेखि नियमावली अनुसारको प्रक्रिया रोकेर सशस्त्र प्रहरीलाई अस्थिरतातर्फ धकेलेका छन् ।
सशस्त्रले मन्त्रिपरिषद्बाट पारित भएपछि सेवा विशिष्टीकरण ९लेखा र कानुन० फाइल दुई महिनाअघि गृह मन्त्रालय पठाएको थियो । मन्त्री र सचिवले तीन सयभन्दा बढी अधिकृतको फाइल रोकेपछि उनीहरूको भविष्य अन्योलमा परेको छ ।
शर्मा र रेग्मीले आफ्ना मान्छे राख्न ‘विशेष चासो’ दिएपछि फाइल रोकिएको स्रोतले दाबी गरेको छ । फाइल अघि बढाउन सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले मन्त्री र सचिवसँग भेटेर पटक९पटक अनुरोध गर्दै आएका छन् ।
मन्त्री शर्मालाई फाइल रोकिएको विषयमा सशस्त्रकै केही अधिकृतले गुनासो राख्दा गृहसचिव र संगठन प्रमुखले नै संवेदनशील भएर कुरा नउठाएको भन्दै धामथुम पार्दै आएका छन् ।
सशस्त्रकै एआईजी शैलेन्द्र खनालसमेत समूहकृत व्यवस्था तत्काल रोक्नुपर्ने भन्दै मन्त्री शर्मा र सचिव रेग्मीसँग लबिङ गरेको चर्चा गृह मन्त्रालयमा छ । स्रोतका अनुसार मन्त्री, सचिव, आईजीपी श्रेष्ठ र खनालको एक भेटमा समूहकृतको कुरा उठ्दा खनालले ‘अहिल्यै गर्नुहुँदैन’ भनेपछि श्रेष्ठ चुप लागेर बसेका थिए । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्