खोटाङ, १९ साउन । हलेसी तुवाचुङ नगरपालिकाले खोटाङको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी प्रवेशमा शुल्क नलिन निर्देशन दिएको छ ।
यसअघि मन्दिर व्यवस्थापन समिति र हलेसी विकास समितिले लिएको शुल्क व्यवस्थित र पारदर्शी नभएको भन्दै शुल्क नलिन निर्देशन दिएको हो ।
नगरपालिकाले दिएको निर्देशनलगत्तै शुल्क लिन छाडिएको विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए । दर्शनार्थीको भीडलाई व्यवस्थापन गर्न सामान्य शुल्क लिने व्यवस्था गरिएको थियो । उनले भने, नगरपालिकाको निर्देशनपछि तत्कालै शुल्क लिन छाडिएको छ ।
प्रतिक्रिया दिनुहोस्