जुम्ला, २० साउन । हवाई यात्राको भरमा रहेको कर्णालीको डोल्पामा एक महिनादेखि हवाई उडान नभएका कारण अघोषित नाकाबन्दी जस्तै भएको छ । हवार्य उडान हुन नसकेका कारण यहाँ दैनिक उपभोग्य सामान खरिद गर्न नागरिकलाई सकस भएको छ ।
डोल्पामा रहेका दुईवटा विमानस्थलमध्ये सञ्चालनमा आइरहेको जुफाल विमानस्थलमा कालोपत्रेका लागि काम भइरहेको हुँदा हवाईजहाज आवतजावतसमेत बन्द भएकाले समस्या बढ्दै गएको हो । नेपाली कांग्रेस डोल्पाका जिल्ला सभापति अङ्गत बुढाले एक मात्र विकल्प हवाईजहाज बन्द भएकाले दैनिक उपभोग्य सामग्री महंगो भएको र जनजीवन निकै कठिन बनिरहेको बताए ।
उहाँले विमानस्थल कालोपत्रे गर्ने कार्यढिला भएकाले चाँडै बनाउन आवश्यक रहेको बताए। गोरखापत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्