Banner News

कडा सुरक्षा व्यवस्थाका बीच भरतपुर १९ मा पुनः मतदान सुरु



चितवन, २० साउन । भरतपुर महानगरपालिका–१९ मा शुक्रबार बिहान सात बजेदेखि पुनः मतदान सुरु भएको छ ।

वडा नम्बर १९ का विभिन्न ६ ठाँउमा मतदान सुरु भएको छ ।  भरतपुर १९ मा कुल तीन हजार सात सय ९७ जना मतदाता रहेको बताइएको छ ।

सबै मतदान स्थलको सुरक्षा व्यवस्था निकै कडा पारिएको स्थानीय प्रहरीले जानकारी गराएको छ ।

भरतपुर–२० को मतगणना हुन बाँकी छ । यस अघि माओवादी केन्द्रकी रेणु दाहाल भन्दा नेकपा एमालेका देवी ज्ञवालीको सात सय मत बढी रहेको छ ।

एमालेका ज्ञवालीको ४० हजार नै सय ८० र दाहालको ४० हजार एक सय ९४ मत रहेको छ ।