समाचार

ट्रमा सेन्टरका प्रा डा गिरी स्वास्थ्य मन्त्रालय सरुवा



काठमाडौँ, २० साउन । स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुखमा प्रा डा श्रीकृष्ण गिरी नियुक्त भएका छन ।

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बिहीबार मन्त्रिस्तरीय निर्णयबाट ट्रमा सेन्टरका हाडजोर्नी विभाग प्रमुख हाडजोर्नी विशेषज्ञ प्रा डा गिरीलाई बिहीबार मन्त्रालयमा सरुवा गरिएको हो । उनले आजदेखि मन्त्रालयमा जिम्मेवारी सम्भाल्ने बताइएको छ ।

यसअघि सो महाशाखामा प्रमुखमा डा भोगेन्द्रराज डोटेल थिए । हाल डोटेलको कुनै जिम्मेबारी नतोकिएको मन्त्रालयले जनाएको छ ।