अर्थ

लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री



काठमाडौँ, २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारीसमेत तोकेकाछन ।

उहाँले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम अर्थमन्त्री कार्कीलाई उपाध्यक्षको जिम्मेवारी तोकेकाहुन ।

लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ ।