Banner News

जिसस कास्कीमा एमाले का उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा



पोखरा, २० साउन । मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एमाले का उम्मेदवारनेको मात्रै उम्मेदवारी परेकाले उम्मेदवारी दिएका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

जिल्ला समन्वय समितिको प्रमुखमा बैनबहादुर अधिकारी क्षेत्री र उपप्रमुखमा सावित्री भण्डारी, महिला सदस्यमा गुमादेवी अधिकारी, जगनमाया गुरुङ, सीतादेवी विक, खुल्ला सदस्यमा तोरणबहादुर बानियाँ, वृहस्पति सापकोटा, विष्णुप्रसाद पौडेल र दलित वा अल्पसंख्यकमा रुपबहादुर माल थापा निर्र्वाचित भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले घोषणा गरे ।

पाँच स्थानीय तह एक महानगर, चार गाउँपालिका भएको कास्कीमा एमालेले एक प्रमुख, एक उपप्रमुख, तीन गाउँपालिका अध्यक्ष र चार गाउँपालिका उपाध्यक्ष जितेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको थियो । यसरी एमालेको नौ मत र काँग्रेसको एक मत पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको निर्वाचनको मिति आजको लागि तय गरेको थियो ।