कन्चनपुर, २१ साउन । डोटीको दिपायलबाट बोगटान गाउँपालिकाको चबरा चौताराका लागि छुटेको जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । हिजो राति ११ बजे भएको यो दुर्घटना भएको हो ।
गएराति १० बजे बोगटान गाउँपालिका–६ गगुडामा शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप दुर्घटना भएको थियो । दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक शिजबहादुर सिंहले बताउनुभयो । उनका अनुसार अन्य चारजना सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार शैलेश्वरी यातायातको से १ ज ७९१ नम्बरको जीप बोगटान ६ गगुडाको धारमा चिप्लिएर दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा बोगटान गाउँपालिका १ बस्ने ३५ वर्षीय विष्णु बहादुर मगर, ५० वर्षीय बुढो घर्तिमगर, ४५ वर्षीय गोरख थापा, ४५ वर्षकी ललिता पुन मगर, ४८ वर्षीय ससिराम बहादुर पुनमगर, ४० वर्षीय टेकबहादुर पुन मगर, ३० वर्षीय चन्द्र बहादुर घर्तिमगर, ५५ वर्षीय भीम घर्तिमगर र जीप चालक शिखर नगपालिका १ बस्ने २८ वर्षीय विष्णु नेगी रहनुभएको छ ।
यस्तै गम्भीर घाइते हुनेमा दल बहादुर पुन मगर , हर्क बहादुर घर्तिमगर, बिर बहादुर घर्तिमगर, प्रकाश घतिृमगर रहेका छन । जीप कच्ची सडकबाट करिब ५ सय मिटर तल झरेको छ । १६ जनामध्ये बाँकी घाइतेहरुलाई उपचारका लागि डोटीको सुजङ अस्पताल लगिएको प्रहरी नायब उपरिक्षक सिंहले जानकारी दिए ।
उद्दारका लागि प्रहरी चौकी चबराचौताराबाट प्रहरी त्यसतर्फ गएको छ । निरन्तर पानी परेको र कच्ची सडक भएकाले जीप दुर्घटनामा परेको प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्