सम्पादकीय

भिआइपीका आँखा पर्ने खाल्डा मात्रै पुरिए



काठमाडौं, २१ साउन । प्रधानमन्त्रीले निर्देशन दिएको २० दिन नाघिसक्दा पनि राजधानीका खाल्डा पुर्ने कार्यमा खासै प्रगति देखिएको छैन । खाल्डा पुर्ने जिम्मा पाएका सरकारी निकायका सचिवहरुले निर्देशनअनुरुप काम नगर्दा मुख्य सडकका ठूल्ठूला भ्वाङ जस्ताको तस्तै छन् ।

सचिवहरुले खाल्डा पुर्न प्रयाप्त जनशक्ति परिचालन र आवश्यक सामग्री जुटाउन नसक्दा काममा प्रगति नभएको हो । कतैकतै सरकारी निकायका भिआइपीहरु हिँड्ने ठाउँका खाल्डा पुरिए पनि त्यो झारा टार्ने शैलिको छ । नागरिकमा समाचार छ ।