काठमाडौ,२१ साउन । भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयरमा उम्मेदवार देवी ज्ञवालीले जित आफ्नो पक्षमा पार्ने संम्भावना देखिदै छ ।
माओवादी र कांग्रेसले सत्ताको चरम दुरुप्रयोग गरे पनि त्यहाँका सचेत जनताले ज्ञवालीलाई नै जिताउने सम्भावना छ । वडा नं १९ मा सत्ताको केही प्रभाव परे पनि उनीहरुले भने जस्तो नभएपछि प्रचण्डपुत्री रेणु दहालले हार्ने सम्भावना बढेको छ ।
दुई हजार मत गणना भइसक्दा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ६ सय ६९ मत पाउनु भएको छ भने प्रतिस्पर्धी नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले ४१ हजार २ सय ५२ मत ल्याउनु भएको छ । १९ न। वडामा गणना भएको दुई हजार मत मध्ये ज्ञवालीले ६ सय ८९ मत प्राप्त गर्नुभएको छ भने दाहालले १ हजार ५६ मत ल्याउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्