समाचार

पत्रकारलाई दिएको धम्कीप्रति युनियनको भत्र्सना



काठमाडौँ, २१ साउन । नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले दिएको धम्कीप्रति नेपाल प्रेस युनियनले भत्र्सना गरेको छ ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्यसमेत रहनुभएका पौडेललाई निगमका प्रबन्ध निर्देशक खड्काले समाचार संकलनका क्रममा आपूर्ति मन्त्रालय पुगेका पत्रकार पौडेललाई मात्र नभइ उहाँका परिवारलाई पनि क्षति पु¥याउने आशयले धम्की दिएको घटनाको युनियन कडा शब्दमा भत्र्सना गर्दछ– महासचिव अजयबाबु शिवाकोटीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केही समयदेखि निगममा संस्थागतरुपमा भइरहेका अनियमितताको भण्डाफोर गरेका पत्रकार पौडेललाई चुप लगाउने नियतका साथ खड्काले धम्की दिएको युनियनको बुझाइ छ ।

विज्ञप्तिमा भनिएको छ– सरकारको केन्द्रीय सचिवालय सिंहदरबारमै पत्रकारमाथि दुव्र्यवहार गर्दै धम्की दिने कार्यले सरकारी निकायमा मौलाउँदो अराजकता र दण्डहीनतालाई संकेत गरेको छ ।

युनियनले पत्रकार र उहाँको परिवारलाई ज्यान लिनेसम्मको धम्की दिने निज खड्कालाई तत्काल पदबाट निलम्वन गरी कारबाहीको प्रक्रियामा लैजान र पत्रकारलाई भयरहित वातावरणमा पत्रकारिता गर्ने वातावरण बनाउन सरकार तथा सम्बन्धित पक्षसँग माग गरेको छ ।