सम्पादकीय

बाँदर आतंकले बसाइँ हिँडायो



तेह्रथुम, २२ साउन । वर्षभरी दुःख गरेर खेतबारीमा फलाइको अन्न पाकेर थन्काउने समयमा बाँदरले खाएर सखाप पारेपछि छथर गाउँपालिकाका हमरजुङ, फाक्चामारा र पञ्चकन्याका स्थानीयबासी बसाइँ हिँड्न बाध्य भएका छन् ।

हुलका हुल आउने बाँदरले खेतबारीमा लगाएको सबै अन्न बाइदिएपछि यी तीन साबिकका गाविसका बासिन्दा बसाइँ सर्न बाध्यतामा पुगेका हुन् ।

हिउँदे र बर्खे दुवै कमाइ बाँदरले थन्काउन नदिएपछि धेरैलाई के खाएर बाँच्ने भन्ने चिन्ताले पिरोलिरहने हुनाले आफ्नो जग्गा बाँदरलाई नै छोडेर बसाइँ सर्ने तरखरमा रहेको हमरजुङका स्थानीयवासी भीमबहादुर थापाले बताए । बाँदरले हैरानी खेलाएपछि खेतबारीमा अन्नबाली लगाउनै छाडेको थापाको भनाइ छ । राजधानीमा समाचार छ ।