बाँके, २३ साउन । नेपालगन्जमा सुक्खा बन्दरगाह निर्माणका लागि अधिग्रहण गरिएको जमिन संरक्षण नभएपछि गौचरणमा परिणत भएको छ । भारत र नेपाल लवैतर्फका स्थानीयले अधिग्रहण गरिएको जमिनमा खुक्खा बन्दरगाह निर्माण नभएपछि पशुचाँैपाया चराउँदै आएका छन् ।
दुई वर्षदेखि तारबार र पर्खाल निर्माण भइरहे पनि बन्दरगाह निर्माणमा ढिलाई हुँदा पशुचरन स्थलमा परिणत भएको पचपोखराका भुसीलाल यादबले बताए । ‘अन्यत्र ठाउँ चराउने छैन, सरकारले अधिग्रहण गरेको जमिन खाली रहेकोले चराउन सजिलो भएको छ, ’ उनले भने ।
भारत र नेपालतर्फको करिब दुई सय बिघा जमिनमा कुनै संरचना निर्माण नभएकाले दैनिक १ हजार गाई, भैँसी, भेडा र बाख्रा चराउने गरिएको छ । नयाँपत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्