सम्पादकीय

गाडीले किचेर भागेपछि बसन्तको हालत : कुरुवाकै अभावमा उपचारमा रोक ! 



काठमाडौं, २३ साउन । राष्ट्रिय ट्रमा सेन्टरको पाँचौ तलामा रहेको वार्डको कुनातिरको बेडमा सुतिरहेका बसन्त बुढाथोकी कोही नयाँ मान्छे आयो कि चलमलाउँछन् ।

कतै मेरा कोही आफन्त आए कि भन्ने उनको आश हुन्छ । पाँचथर हात्तीपोखरीबा ३७ बर्षीय उनलाई २ महिनाअघि चाल्नाखेलमा गाडीले ठक्कर दिएपछि अस्पताल ल्याईए ।

हिँडिरहेको बेला उनलाई गाडीले ठक्कर दियो । गाडी भाग्यो । बेहोस उनलाई प्रहरीले वीर अस्पताल ल्याईपुर्याए । गाडीको ठक्करपछि उनी हिंड्न सक्दैनन् । दुवै खुट्टाको भर छैन ।

आफन्त अभावमा उपचार हुन सकेको छैन ।

चिकित्सकले सल्यक्रिया गर्नुपर्छ भनेको भनेका थिए ।

कुरुवा र पैसाको अभावमा उपचार हुनै सकेको छैन । नागरिकमा समाचार छ ।