चितवन,२३ साउन । भरतपुर महानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार भई पराजित देवी ज्ञवालीले चुनाव हारेपनि जनताको बिचमा गएर काम गनबताएका छन् । उनले पत्रकार सम्मेलन गरि आफुले मेयरको पदमा पराजय भागेपनि जनताले चुनाव जिताएको दावी गरे । उनले आफूले पदीय रुपमा हारे पनि राजनीतिमा जितेको पनि टिप्प्णी गरे ।
ज्ञवालीले जनताको मन मस्तिष्कमा बस्न सफल भएकोले गामी दिनमा निष्ठाकासाथ राजनीति गरेर जनताको विचमा जाने बताए । ‘राजनितिमा पद जितेर पनि राजनीति हारेको हुन्छ, पदीय एउटा जिम्मा त हारे होला, तर राजनीति जितेको छु,’ उनले भने, ‘जनताको मन मस्तिक भित्र बसेको छु, राजनीति जितेर कुर्सी मात्र गुमाएको हो ।’
‘रेणुजीले जित्दा सबैभन्दा पहिला फुल माला आफुले लगाउनु पर्ने तर जुन चुनाव जित्न जुन हतकण्डा अपनाइयो त्यसमा मेरो असहमति छ मैले फुलमाला लगाउन सकिन ’ उनले भने । १९ नम्बर वडाको पुन मतदान हुनु पूर्वप्रहरीको स्कर्टिङमा पैसा बाँड्न ेको उनले दावी गरे । राज्य सत्ताको दुरुपयोग गरेर प्रैसा बाडेको सत्तासिन दलका सांस्दहरुले नै खुलासा गरिसकेको उनले बताए । पत्रकार सम्मेलनमा एमालेबाट विजयी वडातहका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्