काठमाडौ,२३ साउन । बाबुराम भट्टराई नेतृत्वकोनयाँ शक्ति नेपालका प्रभावशाली नेता एवं मधेस विभाग प्रमुख रामचन्द्र झा नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । यसका लागि झाले नयाँ शक्ति छाडिसकेका छन् । नयाँ शक्तिमा झा सहसंयोजक पदमा कार्यरत थिए । नयाँ शक्तिले बोकेको उद्देश्य पूरा नहुने देखिएको, संयोजक बाबुराम भट्टराईको दिशा हिनताको राजनीति र कार्यशैलीमा असन्तुष्टि जनाउँदै झा पार्टीबाट अलग भएका हुन् ।
अब उनी पुरानै घर अर्थात एमालेबाट फर्किन लागेको स्रोतको भनाई छ । यसका लागि उनल एमाले अध्यक्ष केपी शर्मा ओलसँग विभिन्न चरणमा वार्ता समेत गरिसकेका छन् । एमालेमा उनलाई ठूलै पद दिने तयारी भइरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार उनलाई पार्टीको केन्द्रीय उपाध्यक्ष बनाउन एमाले नेतृत्व करिब करिब सहमत भइसकेको छ । नेटपत्रिकाबाट
प्रतिक्रिया दिनुहोस्