काठमाडौँ, २५ साउन । थापाथलीमा रहेको प्रसूति गृहको मुख्य शैया भवन भूकम्पले २ वर्षअधि । भत्किएपछि अझसम्म सहज सेवा प्रवाह हुन सकेको छैन ।
अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठका अनुसार भवन भत्किएसँगै सेवा सञ्चालनमा असहज भएको छ । भवन भत्किएर काम नलाग्ने भएपछि प्रसूति परिसरमै बनेको एकेडेमिक भवनबाट अस्पतालले सेवा सुरु गरेको थियो ।
तर, कलेजका लागि बनाइएको एकेडेमिक भवनबाट सेवा दिन अफठ्यारो भइरहेको निर्देशक डा. श्रेष्ठ बताउँछन् । ‘पुरानो भवनको इमर्जेन्सी वार्ड, ब्लड बैंक, आइसीयू सबै यतै सरेको छ,’ उनले भने, ‘यता धेरै बेड अटेन, भवन पनि साँघुरो छ । कोठा पनि साना भएर धेरै बिरामी राख्न मिल्दैन । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्