सम्पादकीय

प्रधानमन्त्रीले नै बुझाएनन् सम्पत्ति विवरण, कहाँ गायो सदाचार नीति ?



काठमाडाैं, २५ साउन । प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हाल्दा सदाचार नीति ल्याउने पहिलो निर्णय गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले ६२ दिनसम्म पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।

निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाएर प्रधानमन्त्रीले भष्ट्राचार निवारण ऐन २०५९ को उल्लंघन गरेका छन् । प्रधानमन्त्री देउवाले गत २४ असारमा सदाचार नीतिको मस्यौदामा हस्ताक्षर गर्दै सदाचार नीति ल्याउने पहिलो निर्णय गरेका थिए ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महरा, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सहरी विकासमन्त्री प्रभु साहले सम्पत्ति विवरण बुझाएका छैनन् । नयाँ पत्रिकामा समाचार छ ।