सम्पादकीय

वरिष्ठ ‘उपाधि’मा किचलो



काठमाडौँ, २५ साउन । सर्वोच्च अदालतमा दुईजना प्रधानन्यायाधीश फेरिसक्दा पनि ‘वरिष्ठ अधिवक्ता’ को उपाधि दुई वर्षदेखि अड्किएको छ ।
सर्वोच्चको पूर्ण बैठक यतिबेला एक सय ५० भन्दाबढी कानुन व्यवसायीलाई उपाधि दिने गृहकार्यमा छ । कस्तालई दिने र नदिन भन्ने विषयमा फुलकोर्टमा मतैक्य हुन नसक्दा अहिलेसम्म ‘उपाधि’ रोकिएको हो ।

तत्कलीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले एक वर्षअधि तत्कालीन न्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा अध्ययन समिति गठन गरेका थिए । समितिले वरिष्ठको उपाधिको विधि र मापदण्ड तय गरी प्रतिवेदन पनि बुझाएको थियो । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।