Banner News

आज बस्ने संसदको बैठकमा एकै पटक एक दर्जन भन्दा बढी विधेयक पेश हुने



काठमाडौ,२५ साउन। व्यवस्थापिका संसद बैठकमा आज एकै पटक एक दर्जन विधेयक पेश हुँदैछन् । सरकारका तीनजना मन्त्रीले ती विधेयक पेश गर्ने कार्यसूची रहेको छ । दिउँसो १ बजे बोलाइएको संसद बैठकमा तीनवटा आयोगसहित अपराधसँग जोडिएका विधेयक पेश हुनेछन् ।

यी हुन कार्यसूची

१ स्वास्थ्य मन्त्री श्री गिरिराजमणि पोखरेलले “स्वास्थ्य विमा विधेयक, २०७४ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

२ उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री श्री विजयकुमार गच्छदारले
९क० “सामाजिक न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको मधेशी आयोग विधेयक, २०७३ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत हुर्नुहुने ।

९ख० “मधेशी आयोग विधेयक, २०७४ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

९ग० “सामाजिक न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको थारु आयोग विधेयक, २०७३ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

९घ० “थारु आयोग विधेयक, २०७४ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

९ङ० “सामाजिक न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको मुस्लिम आयोग विधेयक, २०७३ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

९च० “मुस्लिम आयोग विधेयक, २०७४ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

३ कानून , न्याय तथा संसदीय मामिला मन्त्री श्री यज्ञबहादुर थापाले
९क० “विधायन समितिको प्रतिवेदन सहितको अपराध संहिता विधेयक , २०७१ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

९ख० “अपराध संहिता विधेयक, २०७३ लाई पारित गरियोस” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

९ग० “विधायन समितिको प्रतिवेदन सहितको फौजदारी कार्यविधि संहिता विधेयक, २०७१ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

९घ० “फौजदारी कार्य्विधि संहिता विधेयक, २०७३ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नु हुने ।

९ङ० “विधायन समितिको प्रतिवेदन सहितको फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन० विधेयक, २०७१ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

९च० “फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन० विधेयक, २०७३ लाई पारित गरियोस” भनि प्रस्ताव प्रस्तुत गर्नुहुने