सम्पादकीय

प्रहरीसँग वन तस्करको डरलाग्दो कनेक्सन



दाङ, २६ साउन । दाङको देउखुरी क्षेत्रको चुरेमा तस्करसाग प्रहरीको डरलाग्दो साँठगाँठ रहेको पाइएको छ । वन संरक्षणमा काम गरिरहेको वन तथा वातावरण संरक्षणमा काम गरिरहेको वन तथा वातावरण संरक्षण समन्वय समिति दाङले सो कुरा जनाएको छ ।

संस्थाका अध्यक्ष उमाकान्त पन्तले ५ सयभन्दा बढी सामुदायिक र राष्ट्रिय वन रहेको देउखुरी क्षेत्रमा तस्करले प्रहरीसँग सेटिङ गरी अबैधरुपमा वन विनाश गरिरहेको जानकारी दिए । जिल्लाको देउखुरीका राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा गैरकानुनी तरिकाले काठ चोरी निकासी भइरहेको उनले बताए । जिल्लाको पश्चिमी र देउखुरी क्षेत्र काठ तस्करीको अखडाको रुपमा चिनिन्छ ।

बालुवा तथा ढुंगा लोड गर्ने ट्र्याक्टरमासमेत लुकाएर काठ चोरी–निकासी भइरहेको छ । नेपाल समाचारपत्रमा समाचार छ ।