सप्तरी, २७ साउन । अविरल वर्षापछि खाँडो खोला र कोसी नदीमा आएको बाढीले सप्तरीका पाँच सय घर डुबानमा परेका छन् । खाँडो खोलाको बाढीले तिलाठी–कोइलाडी गाउँपालिकाको तिलाठी, सकरपुरा, बेल्हीका झन्डै चार सय घर डुबानमा परेका हुन् ।
कोसी नदीको बाढीले हनुमाननगर कंकालिनी नगरपालिका–७ स्थित मुसहरी टोल र वडा नम्बर १४ स्थित डलुवाको एक घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै, बाढीकै कारण सप्तरीको कञ्चनरूप नगरपालिका, राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी–कोइलाडी गाउँपालिकाको हजारौँ बिघा धानबालीसमेत डुबानमा परेको छ ।
खाँडो खोलाको बाढी राजविराज नगरपालिका–१ स्थित बिरौलमा समेत तटबन्ध भत्काएपछि त्यस क्षेत्रका डुमरी शिवथान, पकरीसहितका बस्तीसमेत बाढीको उच्च जोखिममा परेको छ ।
विशेष तालिम प्राप्त सेना–प्रहरीको उद्धार (रेस्क्यु) टोलीसँगै खाँडो खोलामा बाढीले गरेको कटान नियन्त्रणमा खटेका एक सर्वसाधारण पुरिएर बेपत्ता भएका छन् । नयाँपत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्