भक्तपुर, २९ साउन । सूर्यविनायक नगरपालिकाको आज बसेको बैठकले नगरपालिका को गुरु योजना निर्माण गर्ने भएको छ । मेयर बासुदेव थापाको संयोजकत्वमा निर्माण भएको समितिले तत्काल काम थालनी गर्ने स्रोतले जानकारी गरायो ।
त्यसरी नै बैठकले नगरपालिकाको कामलाई व्यवस्थित गर्न ६ वटा समितिहरु समेत बनाएको छ । उपेन्द्र केसीको संयोजकत्वमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति बनेको छ । सो समितिको सदस्यहरुमा हिरामायाँ शेर्पा र अर्जुन खतिवडा रहेको छन् ।
राजकुमार जोशीको संयोजकत्वमा आर्थिक समिति जसको सदस्यहरुमा विनय महत र मनोज थापा रहेका छन् । त्यसरी नै रविन्द्र सापकोटाको संयोजकत्वमा पूर्वाधार विकास समिति रहेको छ । जसको सदस्यहरुमा शिवराम राउत र अजय तामाङ रहेका छन् ।
त्यसरी नै सामाजिक विकास समितिको संयोजकमा किरण थापा रहेका छन । सदस्यहरुमा कमलनाथ आचार्य र तारा सापकोटा रहेका छन् । त्यसरी नै विद्येयक समितिको संयोजकमा रामेश्वर धोजु रहेका छन । सदस्यहरुमा दिपक विशुके र राजु धौवान्जर रहेका छन् । सानुकाजी कायस्थको संयोजकत्वमा उतम थापा र शिवशरण खत्री रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्