काठमाडौँ, ३० साउन । अविरल वर्ष र बाढीले नेपाल विद्युत् प्राधिकरणका देशभरका ३० भन्दा बढी प्रसारण र तिरण लाईन, सवस्टेशन तथा विद्युत् गृहहरुमा क्षति पुगेको छ । पूर्व, मध्यमाञ्चल तथा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका ती संरचनाहरुका बाढीका कारण क्षति पुगेको हो ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बाढीका कारण प्रसारण लाइन, सवस्टेशन, वितरण लाइन र विद्युत् गृहहरुमा क्षति पुगेको छ ।
‘बाढीले विराटनगर र जनकपुर क्षेत्रका अधिकांश संरचनामा क्षति पुगेको छ, ।’ उनले भने, ‘सम्भव भएको ठाउँमा तुरुन्तै प्रणाली सञ्चालन गर्ने र बाढीका कारण असम्भव देखिएको क्षेत्रमा सम्भव भएपछि तत्काल काम अघि बढाउँछौ । कारोबारमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्