नेपालगञ्ज, ३० साउन । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर, यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । नेपालगञ्जका अभयकुमार टण्डन पाइलत हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् ।
पाइलट अध्ययन गर्न ३० लाख रुपैयाँ खर्च गरे । सानैबाट पाइलट बन्ने लक्ष्य राखेका अभयले अष्ट्रेलियाको बासियर एभिएसन कलेजबाट पाइलट कोर्स अध्ययन गरे । सम्पन्न परिवारका अभयले डेढ वर्ष लगाएर अष्ट्रेलियाबाट पाइलट कोर्स अध्ययन गरी नागरिक उड्यायन प्राधिकरणले लिएको लाइसेन्स परीक्षा पनि पास गरे तर उनले जहाज उडाउन पाएनन् ।
प्रारम्भिक शिक्षा नेपालगञ्जमा पढेका अभयले सेन्ट जोसेफ कलेज नैनितालबाट कक्षा १० र टेगोर इन्रनेसनल स्कुल न्यू दिल्लीबाटै केही समय काम गरेर पाइलट अध्ययनका लािग अष्ट्रेलिया गए ।
उनले पाइटल कोर्स सकेर नपाल आउँदा निजीक्षेत्रका यती र बुद्ध मात्रै सञ्चालनमा थिए । मागभन्दा धेरै पाइलट उत्पादन भएकाले जागिर नपाएको टण्डनको भनाई छ । अन्नपूर्ण पोष्ट्मा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्