झापा, ३१ साउन । बाढीपिडित क्षेत्रको अवलोकन गर्न हेलिकप्टरमा सोमबार झापा आएका प्रधानमन्त्री शेरबहादर देउवा चन्द्रगढी विमानीथलबाटै फर्केका छन् । गृहमन्त्री जनार्दन शर्मासहित आएका प्रधानमन्त्री देउवा विमानस्थलमा सरकारी अधिकारीको ब्रिफिङ सुनेर फर्केका हुन् ।
गएको सुक्रबारयता पाँच दिनसम्म लगातार झरी परेर झापामा बाढीले बबन्डर बच्चाएको थियो । सोमबारसम्ममा सात जनाको मृत्यु भइसकेको जिल्लामा पाँचजना अझै बेपत्ता छन् । १ हजार ९ सयभन्दा बढी परिवार विस्थापित छन् ।
प्रधानमन्त्री स्थलगत अवलोकनमा आउने खबर पाएका बाढीपीडित आशावादी बनेका थिए । तर, जम्माजम्मी १५ मिनेटसम्म जिल्लामा बसेका प्रधानमन्त्री बाढीग्रस्त क्षेत्रमा गएनन् । एकै जना पनि पीडितलाई भेटेनन् । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्