अर्थ

शेयर बजार दोहोरो अंकले घट्यो



काठमाडौँ, ३१ साउन । धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ ।

बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार १६० कम्पनीको १६ लाख १५ हजार ७३८ कित्ता शेयर रु ७८ करोड ३६ लाख सात हजार ४०८ मा किनबेच भएको छ ।

बजार १२।९७ अंकले ओरालो लागेर एक हजार ६२९।१६ अंकमा आइपुगेको छ । आज होटल समूहबाहेक अरु सबै समूहको सूचक रातो भएका छन् ।

बैंकिङ समूहको सूचक १०।८६ अंकले ओर्लिएको छ भने विकास बैंक १३।७४, जलविद्युत् २४।४९, फाइनान्स ३।९६, बीमा समूहको सूचक ८८।७६, उत्पादनमूलक समूह २८।३४ र अन्य समूहको सूचक ५।७९ अंकले ओरालो लागेको नेपाल स्टकले जनाएको छ । होटल समूहको सूचक भने ३।२ अंकले बढेको छ ।