काठमाडौ,३१ साउन । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनको समय तीन दिन थपेको छ । आयोगको मंगलबार बसेको बैठकले म्याद थपको निर्णय गरेको हो ।
मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेको संख्या धेरै रहेको जानकारी आएकाले म्याद थप गर्नु परेको आयोगले जनाएको छ । अब ३ गतेसम्म सबै क्षेत्रीयरजिल्ला निर्वाचन कार्यालय एवं ६६९ स्थानीय तहहरुमा मतदाता नामावली दर्तारसंकलन कार्यक्रम सञ्चालन हुनेछ ।
साथै असोज २ गते चुनाव हुने प्रदेश नम्बर २ का स्थानीय तहहरुमा मुख्य निर्वाचन अधिकृतरनिर्वाचन अधिकृतको नियुक्ति गर्ने निर्णय पनि गरेको छ । ८ जिल्लाका जिल्ला न्यायाधीशलाई न्यायपरिषदको सिफारिसमा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।
न्याय सेवा, प्रशासन र शिक्षा सेवाका रा।प।द्वितीय श्रेणीका १३६ जना अधिकृतलाई निर्वाचन अधिकृत नियुक्ति गरिएको आयोगले जनाएको छ ।
मुख्यरनिर्वाचन अधिकृतहरुलाई भदौ ४ र ५ गते धनुषाको जनकपुर र बाराको सिमरामा दुई दिने तालिम दिइनेछ । आयोगका अनुसार मुख्य निर्वाचन अधिकृतहरुले ७ गते र निर्वाचन अधिकृतहरुले १२ गतेदेखि स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्नेछन् ।










प्रतिक्रिया दिनुहोस्