सम्पादकीय

सदा परिवार भन्छन्, छोरालाई त नदिमा बगाइयो, किरिया कसरी गर्ने ?



सप्तरी, ३२ साउन । लगातार वर्षका कारण अएको बढीले मंगलबार मृत्यु भएका र कासी नदीमा बगाएर सद्गत गरिएका बालक कमलु सदाका बुबा फुदन सदा बोल्न सक्ने अवस्थामा छैनन् ।

छोराको काजकिरियाका लागि मंगलबार उनी धरानबाट पैदलै घर आइपुगेका थिए । ‘मसँग एक रुपैयाँ पनि थिएन । त्यसैले रातदिन हिँडेर घर आइपुगेँ’ विहवल अवस्थाका फुदनले सुनाए ।

मृतक छोराको सद्गत् गर्ने खाली जमिन नभएर मृतकका काकाले शव कोसीमै बगाइदिएका थिए । जमिनको अभाव मात्र होइन फुदनसँग छोराको काजकिरिया गर्ने पैसा पनि छैन । यो अभावले फुदन परिवारलाई थप पीडा दिएको छ ।

उनले पालमुनि बसेर किरिया सुरु गर्ने तयारी गरेका छन् । ‘एक हप्ताअघि काम गर्न म धरान जाँदा छोरो राम्रो थियो । बाढीले खाइदियो ।’ उनले भक्कनिँदै भने, ‘अब काजकिरियाका लागि पैसासमेत छैन ।’ कमलुको मृत्यु भएदेखि आमा विमली अर्ध बेहोस छिन् । कान्तिपुरमा समाचार छ ।