खोटाङ, १ भदौ । नक्कली नोटसहित एक युवक पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय खोटाङले नक्कली नोटको प्रयोगमा सवाधानी अपनाउन आग्रह गरेको छ ।
नक्कली नेपाली रुपैयाँको नोटसहित साउन २० गते लामीडाँडा गाउँपालिका–४ डुम्रेधारापानीका २२ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका थिए । श्रेष्ठसँग लेनदेन र आर्थिक कारोबार गर्नेक्रममा नक्कली नोट विभिन्न ठाउँमा पुगेको आशंकामा प्रहरीले सावधानी अपनाउन आग्रह गरेको हो ।
एक हजारको ५ वटा नक्कली नोटसहि पक्राउ परेका श्रेष्ठविरुद्धमा साउन २२ गते खोटा चलनअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही अघि बढाइएको जिल्ल प्रहरी कार्यालय खोटाङका डीएपी नवीनकिशोर प्रधानले बताए । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्