काठमाडौं, १ भदौ । रोजगारीको सिलसिलामा विदेशम रहेका व्यक्तिहरुले त्यहाँको कमाइ बैंकमार्फत नपठाए पुनः रोजगारीका लागि विदेश जना नपाउने भएका छन् । विदेशमा ठूलो संख्यामा कामदारले हुन्डीमार्फत रकम घरमा पठाउने गरेको पाइएपछि अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई नयाँ प्रावधानबारे जानकारी गराएको हो ।
ठूलो संख्यामा कामदार विदेशमा रहे पनि रेमिटेन्स भने त्यो संख्याको अनुपातमा निकै कम आइरहेको विज्ञ बताउँछन् । बैंकिङ च्यानलमार्फत रेमिटेन्स पठाउन सरकारी निकायले यसअघि पटकपटक गरेको आग्रहप्रति वैदेशिक रोजगारीमा रहेका व्यक्तिले खासै चासो नदिएपछि अर्थ मन्त्रालयले बाध्यतात्मक नियम बनाएको बनाइएको छ । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्