पाँचथर, १ भदौ । पाँचथरमा धान रोपिसक्न अझै एक साता लाग्ने कृषि विकास कार्यालयले जनाएको छ यसपालि प्रयाप्त वर्ष नहुादा गत वर्षभन्दा दुई हप्ता ढिलो रोपाइँ सक्ने अवस्था रहेको कृषि प्रसार नायब प्रविधिक सहायक नरहरि आचार्यले बताए ।
गत वर्ष साउनके तेस्रो साताभित्र रोपाइँ सकिएकोमा यसपालि ढिलो भएको नायब प्रविधिक सहायक आचार्यले बताउनुभयो । कृषि कार्यालयका अनुसार पाँचथरमा अहिलेसम्म ९६ प्रतिशत रोपाइँ सकिएको छ ।
थर्पू, भारापा, नागिन, फिदिमका औल क्षेत्रमा चार प्रतिशत रोपाइँ हुन बाँकी रहेको बताइएको छ । बाँकी हालै भएको भारी वर्षासँगै रोपाइँ धमाधम भइरहेको किसानले बताएका छन् । गोरखापत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्