Banner News

बाढी माथि मूल्य बृद्धिको प्रहारः दूधको मूल्य बढ्यो तिज महगियो



काठमाडौं, १ भदौ । हिन्दु नारीहरुको पर्व तिज नजिकिँदै गर्दा दुग्ध विकास संस्थानले दूधको मूयमा वृद्धि गरेको छ । बिहीबारदेखि लागू हुने गरी संस्थानले उत्पादन गर्दै आएको चारै प्रकारका दूधमा मूल्य वृद्धि गरेको हो ।

संस्थानका व्यापार प्रवद्र्धन अधिकृत सञ्जीव झाका अनुसार दूधमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि भएको छ भने अब आधा लिटरको प्याकेटका लागि उपभोक्ताले ३५ रुपैयाँ तिर्नुपर्ने छ ।

संस्थानका अनुसार स्टेन्डर दूध ३२ बाट ३५ रुपैयाँ, काउ मिल्कमा साविकको ३६ बाट ४० रुपैयाँ, चिया मिल्कमा ३० बाट ३२ रुपैयाँ, होल मिल्कमा ४० बाट ४५ रुपैयाँ कायम गरिएको छ । संस्थानले घ्यू, पनिर र दहीमा पनि मूल्य बढाएको छ ।

तिजमा अत्याधिक रुपमा प्रयोगमा आउने दूधजन्य वस्तुको मूल्य वृद्धि भएपछि हिन्दु नारीहरुका लागि यस वर्षको तिज महंगो हुने भएको छ ।