Banner News

युवा संघको नवौँ महाधिवेशनअसोज २२ देखि २४ गतेसम्म काठमाडौँमा



काठमाडौँ, २ भदौ । युवा संघ नेपालको नवौँै महाधिवेशनमा करिब दुई हजार ३०० प्रतिनिधि छनोट गरिने भएको छ ।

आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुन लागेको उक्त महाधिवेशनमा देशभरबाट प्रतिनिधि छनोट गरिनेछ । तीन वर्षका लागि हुने महाधिवेशनले प्रत्येक भूगोल, क्षेत्रबाट समावेशी प्रतिनिधित्व हुने गरी प्रतिनिधि छनोट गरी केन्द्रीय नेतृत्वसमेत छनोट गर्नेछ । ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान’ भन्ने मूलनारा तय गरिएको संघ उपाध्यक्ष दिलु पन्तले जानकारी दिए ।

नयाँ संविधानअनुसार मुलुकमा संगठनलाई अब स्थानीय तह तथा प्रदेश र केन्द्रीय गरी नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिइनेछ । त्यसका लागि समयसापेक्ष विधान संशोधन गरिने छ ।

राष्ट्रिय स्वाभिमान र संविधान पूर्ण कार्यान्वयन नै संगठनको मूल कार्यदिशा बनाइएको छ । विभिन्न २५ मुलुकका युवा संगठनका प्रतिनिधिलाई अतिथिका रुपमा निम्ता गरिने जनाइएको छ ।