Banner News

बाढी पहिरोपीडितलाई राहत पु¥याउन सरकार केन्द्रित छ : प्रम



काठमाडौँ, २ भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले रु १५ लाख १ हजार १११ प्रदान गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई महासङ्घका अध्यक्ष अर्जुन रानाभाटले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरी सो रकम हस्तान्तरण गरेकाहुन ।

सो अवसरमा प्रधानमन्त्री देउवाले बाढी पहिरोपीडितलाई छिटोभन्दा छिटो राहत पु¥याउन सरकारले प्राथमिकताका साथ आफ्ना संयन्त्र परिचालन गरिरहेको बताउँदै यस कार्यलाई सहयोग पु¥याउन आह्वान गरे ।

सो अवसरमा महासङ्घका अध्यक्ष रानाभाटले बाढी पहिरोपीडितलाई खाद्यान्नलगायतका सहयोग जारी राख्ने बताउनुभएको महासङ्घले जनाएको छ ।