भक्तपुर,२ भदौ । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले पाँच बर्षभित्रैमा सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण हुने प्रतिवद्धता जाहेर गरेका छन् । आज भक्तपुरमा बसेको जनप्रतिनिधि सहितको प्राणी उद्यानको पहिलो बैठकलाई शम्बोधन गर्ने क्रममा उक्त प्रतिवद्धता जाहेर गर्नु भएको हो ।
मेयर थापाले प्राणी उद्यान निर्माण गर्न सकेमा नगरपालिकाको नाम राष्ट्रमा मात्रै होइन, अन्र्तराष्ट्रिय क्षेत्रमा समेत चर्चित हुने र त्यसले नगरपालिको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने वताउँदै उनले भने– त्यसैले हामी सानातिना कुरामा अल्झिनु हुँदैन् । प्राणी उद्यान नगरपालिकाको लागि मात्रै होइन, सिगो जिल्लाको समेत गौरबको विषय भएको वताउँदै प्राणी उद्यान निर्माणको कामलाई व्यवस्थितढंगबाट अघि बढाउन नगरपालिका हरेक प्रकारको सहयोग गर्ने सदैब तत्पर रहेने वताए । बैठकमा उपमेयर जुना बस्नेतले प्राणी उद्यानको निर्माण मेलम्चीको पानी ल्याउने उखान जस्तो समय लगाउन नहुने भन्दै, यसलाई तीव्रताका साथ अघि बढाउन नगरपालिका तयार रहेको बताइन् ।
कार्यक्रममा प्राणी उद्यानका निर्देशक गोपाल प्रसाद भट्टराईले प्राणी उद्यान निर्माणमा जनप्रतिनिधिहरुको सहयोगको अपेक्षा गरे । बैठकमा विज्ञहरुले उद्यानको गुरुयोजनावारे जानकारी गराएका थिए । कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं ६,७ र ८का वडा अध्यक्षसहित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्