Banner News

युवासंघमा कसले मार्ला बाजी ? नेतृत्व हात पार्न रमेश, किरण ,नरेश र चन्द्रबीच होडबाजी



काठमाडौ,३ भदौं । लामो समयपछि एमाले निकट् युवा संघमा नेतृत्व हात पार्न रस्साकस्सी शूरु भएको छ । पार्टीको महाधिवेशनमा देखिएको गुट युवा संघको महाधिवेशनमा समेत देखिएको छ। बिशेष गरी संस्थापन पक्षमा कसले पाउने भन्नेमा हानथाप शूरु भएको छ ।

युवा संघको नवौ महाधिवेशन असोज २२ देखि २४ सम्म राजधानीमा हुने भएको छ। महाधिवेशनमा २ हजार २ सय प्रतिनिधि सहभािग हुने भएका छन् । यस भन्दा अघि महाधिवेशन् नै नगरी तीन पटक अध्यक्ष परिवर्तन गरिएको थियो। तत्कालिन अध्यक्ष महेश बस्नेत मन्त्री भएपछि पदाधिकारी बैठकले निरुपाललाई अध्यक्षको जिम्मेवारी दिएको थियो। पाल पनि तत्कालिन प्रधानमन्त्री केपी ओली को जनसम्पर्क सल्लहाकार भएपछि सोही प्रक्रियाबाट राजिव पहारी अध्यक्ष भएका थिए।
बरिष्ठ नेता माधव नेपाल पक्षले अध्यक्षमा नरेश शाहीलाई उठाउने तयारी गरेको छ। समूह भित्र शाहीको नाममा कुनै विवाद छैन। शाहीको समूहमा हस्त शाही र क्रान्ति बुर्लाकोटी शाहीको समूहबाट पदाधिकारीमा राख्ने तयारी भएको छ । पाउने भएकी छन् ।
उता,संस्थापन पक्षमा भने तीन समूह देखिएको छ। संस्थापन पक्षले रमेश पौडेल, किरण पौडेल र चन्द्र लामाको नाम चर्चामा छ । रमेशको पक्षमा नेताहरु शंकर पोखरेल, भानुभक्त ढकाल, शेरधन राई खुलेका छन । । लामो समयपछि एमाले निकट् युवा संघमा नेतृत्व हात पार्न रस्साकस्सी शूरु भएको छ । पार्टीको महाधिवेशनमा देखिएको गुट युवा संघको महाधिवेशनमा समेत देखिएको छ। बिशेष गरी संस्थापन पक्षमा कसले पाउने भन्नेमा हानथाप शूरु भएको छ ।

युवा संघको नवौ महाधिवेशन असोज २२ देखि २४ सम्म राजधानीमा हुने भएको छ। महाधिवेशनमा २ हजार २ सय प्रतिनिधि सहभािग हुने भएका छन् । यस भन्दा अघि महाधिवेशन् नै नगरी तीन पटक अध्यक्ष परिवर्तन गरिएको थियो। तत्कालिन अध्यक्ष महेश बस्नेत मन्त्री भएपछि पदाधिकारी बैठकले निरुपाललाई अध्यक्षको जिम्मेवारी दिएको थियो। पाल पनि तत्कालिन प्रधानमन्त्री केपी ओली को जनसम्पर्क सल्लहाकार भएपछि सोही प्रक्रियाबाट राजिव पहारी अध्यक्ष भएका थिए।
बरिष्ठ नेता माधव नेपाल पक्षले अध्यक्षमा नरेश शाहीलाई उठाउने तयारी गरेको छ। समूह भित्र शाहीको नाममा कुनै विवाद छैन। शाहीको समूहमा हस्त शाही र क्रान्ति बुर्लाकोटी शाहीको समूहबाट पदाधिकारीमा राख्ने तयारी भएको छ । पाउने भएकी छन् ।
उता,संस्थापन पक्षमा भने तीन समूह देखिएको छ। संस्थापन पक्षले रमेश पौडेल, किरण पौडेल र चन्द्र लामाको नाम चर्चामा छ । रमेशको पक्षमा नेताहरु शंकर पोखरेल, भानुभक्त ढकाल, शेरधन राई खुलेका छन ।