सम्पादकीय

विशेषज्ञ डाक्टर जिल्ला जाँदैनन् :स्थानीय अस्पतालमा कोलाहल, दर्दनाक



काठमाडौ, ४ भदौ । प्रसव पीडाका कारण टिलपिलाएका आमाका आँखा आभानो हुन नपाउँदै खर्भर खुलेका शिुका आँखा सदाका लागि बन्दा हुन्छन् । आमा बन्ने बर्षौको सपना तुहिँदा अस्पतालमै कोलाहल सुरु हुन्छ । परिवारले शिशुको मृत्युमा अस्पतालको दोष पोख्छ ।

अस्पताल निरीह हुँदै भन्छ, हामीले बालरोग विशेषज्ञ नहुँदा एनआईसीयु को सुविधान दिन सकेका छैनौँ । अधिकांश शिशुको निसास्सिएर मृत्यु हुन्छ ।

सुविधा भए उनीहरुलाई बचाउन सकिन्थ्यो । राजविराजस्थित सगरमाथा अस्पताल सातैपच्छिे यस्ता घट्ना सामना गर्न बाध्य छन् । हरेक दिनजसो जिल्लाबाट विशेषज्ञ चिकित्सक नहुँदा समस्या पर्यो भन्दै रिपोर्ट आउँछ तर हामी समस्या समाधान गर्र्न सक्दैनौँ । अन्नपुर्ण पोष्टमा समाचार छ ।