सम्पादकीय

छ महिना बित्दा पनि दोषी पत्ता लागेन



खोटाङ, ४ भदौ । होेटलमा काम गर्दैआएकी खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ छ महिनाअघि खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कुसेऔशी जंगलमा विभत्स अवस्थामा मृत फेला परिन् । शिव खड्काको होटलमा काम गर्दै आएकी रिताको शव २०७३ साल माघ २६ गते बुधबार बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो ।

युवतिको शवको टाउको फुटेको, दाँत झारिएको, दाहिने आँखा फुटेको र चिउडो ढुंगाले काटिएको अवस्थामा भेटिएको थियो । घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

तर, रिता मृत फेला परेको छ महिना बित्दासमेत उनको हत्यामा संलग्न दोषीबारे कुनै अत्तोपत्तो छैन । प्रहरीले ‘घटनामा कसको संलग्नता थियो, घटनाको कारण के थियो’ भन्ने प्रश्नको जवाफ अझै बाहिर ल्याउन सकेको छैन । नगरिकमा समाचार छ ।