काठमाडौं, ७ भदौ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रदेश सभा र सङ्घीय संसदको निर्वाचनमा सबैभन्दा ठूलो चुनौती मतपत्रको व्यवस्थापन भएको बताएका छन । प्रमुख आयुक्त यादवले निर्वाचनको मिति घोषणा गरेकोमा सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गरेको जानकारी दिँदै भने, ‘यो निर्वाचनमा मतपत्रको व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण छ । आयोग प्रदेश र प्रतिनिधि सभा ऐनको पर्खाइमा छ । मतपत्रसम्बन्धी व्यवस्था आयोगले तोकेअनुसार हुने उल्लेख भए आयोगलाई सजिलो हुने थियो । ’
उहाँले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र एउटा र समानुपातिकतर्फको मतपत्र अर्को हुने गरी आयोगले मतपत्रको अवधारणा बनाएको जानकारी दिँदै तर ऐनमा कस्तो व्यवस्था हुने हो भन्ने यकिन नभएको बताए ।
कागज र मसी प्राप्त गर्न नै त्यति सजिलो नभएको बताउँदै उहाँले त्यसपछि छपाइको पनि समस्या हुने उहाँले बताउनुभयो । छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रको क्षमता र जनशक्तिले छोटो समयमा काम गर्नुपर्ने भन्दै प्रमुख आयुक्त यादवले ऐन प्राप्त हुन साथ पहिलो चरणमा मतपत्रको डिजाइन गरिने बताए । उनका अनुसार दुई वटा मतपत्र भएमा झन्डै साढे तीन करोड मतपत्र छाप्नुपर्ने हुन्छ । गोरखापत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्