कालिकोट, ७ भदौ । जिलाको सान्नी त्रिवेणी गाउँपलिका– मा ४५ जनाले बालविवाह गरेका छन् । मस्टो सरस्वती माध्यामिक विद्यालय बुठिगे र शंकर माध्यामिक विद्यालय सेरिज्युलामा अध्ययनरत ४५ विद्यार्थीले बालबिवाह गरेको अनुगमनका क्रममा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटको नेतृत्वमा गएको विभिन्न संस्था सम्मिलित अनुगमनमा टोलीले सान्नी त्रिवेणी गाउँपालिका –१ मा सो तथ्य भेटिएको हो । जिल्लामा केही वर्षयता बालबिवाह न्यूनीकरणका अभियान चले पनि सो बिवाह भएको छ । बिवाह गर्नेमध्ये अधिकांश दलित समुदायका ३७ र ८ जना क्षत्री समुदायका छन् ।
दलित समुदायमा बढी बालविबाह हुने गरेको रिपोर्टका आधारमा बालबिवाह न्यूनीनकरण कार्यक्रम दलित समुदाय केन्द्रित हुँदै आए पनि त्यसको प्रभाव र प्रतिफल कम रहेको देखिएको छ । राजधानीमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्