काठमाडौ,८ साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले संविधना संशोधनमा भारतको ईच्छा पुर्याउन प्रयास गरे पनि दुई तिहाई नपुगेकोले सफल नभएको बताएका छन्
प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा बिहीबार झण्डै आधा घन्टा भएको कुराकानी मा देउवाले यस्तो बताएका हुन् । । यो भेटमा दुई देशका विदेशमन्त्री र राजदूत समेत थिए । ‘दुई तिहाई बहमुत नपुगेकाले संशोधन असफल भएको भन्दै उनले भने, ‘मलाई विश्वास छ, भविश्यमा बहुमत आउँछ र संविधान संशोधन गर्छौं ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपालको संविधान संशोधन गर्ने बचन समेत दिए
प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा झण्डै आधा घन्टा कुराकानी भएको थियो ।
लगतै भएको द्विपक्षीय वार्तापछि देउवा र मोदी संयुक्त पत्रकार सम्मेलनमा उपस्थित भए, जहाँ नेपाल र भारतबीच ८ साझदारी पत्रमा हस्ताक्षर भयो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले दुई चरणमा स्थानीय चुनावको स्वागत मात्र गरेनन्, सबैसँग सम्वाद गर्दै सबैको आकांक्षा समाहित गरी संविधान सफलतापूर्वक लागू गर्ने विश्वास गरे ।
लगतै सम्बोधन गरेका देउवाले भने नेपालको आन्तरिक मामिलालाई अझ खुलेर प्रवेश गराए ।
सरकारले संविधान सबैको स्वीकार बनाउन चाहेको भन्दै उनले भने, ‘हामीले संविधान संशोधन गर्ने प्रयास र्गयौं । तर, संसदमा दुई तिहाई बहुमत र्पुयाउना सकेनौं र संशोधन हुन सकेन । म आशा गर्छु कि भविश्यमा दुई तिहाई पुग्छ र संविधान संशोधन हुन्छ ।
प्रतिक्रिया दिनुहोस्