Banner News

राजपा साइकल लिएर निर्वाचनमा जाने



काठमाडौं, ९ भदौ । लामो अन्योल चिर्दै राष्ट्रिय जनता पर्टी नेपालले अब सबै निर्वाचनमा भाग लिने निर्णय गरेको छ । राजपा अध्यक्ष मण्डलका नेताहरुले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी असोज २ गतेका लागि निर्धारित तस्रो चरणको स्थानीय निर्वाचनदेखि प्रदेशसभा र कन्द्रीय संसद्सम्मको निर्वाचनमा सहभागी हुने जानकारी दिए ।

संविधान संशोधन विद्येयक संसद्बाट अस्वीकृत भएपछिको परिस्थितिबारे छलफल गर्न मंगलबारदेखि दुई दिन बसेको पदाधिकारी बैठकले निर्वाचनमा जाने निर्णय गरेको हो । पत्रकार सम्मेलनमा पदाधिकारी बैठक र त्यसपछि बसेको अध्यक्षमण्डल बैठकको निर्णय सुनाउँदै नेता राजेन्द्र महतोले स्थानीय तहदेखि केन्द्रसम्म जोडदार उपस्थिति दर्ज गराउन निर्वाचनमा जाने निर्णय गरेको जानकारी दिए ।

राजपा संयोजक महन्थ ठाकुरले दुई चरणको स्थानीय निर्वाचनमा सहभागी नभएकै कारण सरकारले मधेस आन्दोलनका क्रममा मारिएका सबैलाई सहिद घोषणा गरेको, मुद्दा फिर्ता लिएको र स्थानीय तहको संख्या बढाएको दाबी गरे । उनले साइकल चिन्ह लिएर निर्वाचनमा जान लागेको जानकारी दिए । अन्नपूर्ण पोस्ट्