सम्पादकीय

अपराध बढ्यो



काठमाडौं, ११ भदौ । प्रहरी प्रधान कार्यालयले पछिल्ला तीन वर्षमा देशव्यापी रुपमा सार्वजनिक अपराध, ज्यान सम्बन्धी अपराध र बैंकिक कसुरको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्य सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७३–७४ मा देशभरीको प्रहरी कार्यालयमा दर्ता भएका मुद्दाका आधारमा सबैभन्दा धेरै अर्थात १० हजार ५४ वटा सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता भएका देखिन्छन् ।

पछिल्लो एक वर्षमा सार्वजनिक अपराधको संख्यामा सबैभन्दा धेरै वृद्धि भएको देखिन्छ । प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष एक हजार पाँचसय ६३ वटा सार्वजनिक अपराधको धेरै भएको छ ।

आर्थिक वर्ष २०७२–७३ मा आठ हजार पाँच सय ३९ सार्वजनिक अपराध भएको थियो भने यो संख्या आर्थिक वर्ष २०७३–७४ मा बढेर १० हजार एकसय दुई पुगेको छ । सार्वजनिक अपराधमा भएको बढोत्तरी पछिल्ला तीन वर्षकै उच्च हो । आर्थिक वर्ष २०७१–७२ मा जम्मा नौ हजार ७ सय ४ वटा सावर्जनिक अपराधका घटना भएका थिए । कान्तिपुरमा समाचार छ ।