काठमाडौं, ११ भदौ । सल्लाह नै नगरी सभापति सेरबहादुर देउवाले नेता विमलेन्ध्र निधिलाई कार्यबाहक सभापति बनाएपछि नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट भएको छ । शनिबार महामन्त्री डा.शशांक कोइरालानिवास महाराजगञ्जमा बसेको पौडेल पक्षको भेलाले विधि, प्रक्रिया र पद्धति तोड्दै एक्कसी सभापति देउवाले निधिलाई कार्यबाहक सभापति तोकेको निष्कर्ष निकालेको छ ।
‘पार्टीमा परामर्श नै नगरी हतारमा कार्यबाहक सभापति तोकिएपछि बैठकमा अधिकांश नेताहरुले असन्तुष्टि व्यक्त गर्नुभएको छ,’ भेलामा सहभागि एक नेताले भने, ‘कार्यबाहक बनाउँदा विधि, परम्परा केहीलाई पनि ध्यान दिइएन । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्