बुटवल, १२ भदौ । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ सेमराकी २५ वर्षीया जानकी यादवका ३ छोरी छन् । उनी अझै जसरी पनि छोरा जन्माउने सोचमा छिन् । यसका लागि उनी मंगलबार र सोमबार ब्रत बस्छिन् । उनले गर्भमा छोरी भाएको थाहा पाएपछि ५ पटक गर्भपतन गरिसकिन् ।
‘गर्भ रहेको डेढ महिना कटेपछि गोरखपुर जाने, जचाँउने र फाल्ने भएको छ,’ १७ वर्षमा पहिलो सन्तानकी आमा बनेकी उनले दुखेसो पोखिन, ‘कहिलेसम्म यसो गर्नु पर्ने हो ।’
‘एक पटक लिंग पहिचान र गर्भपतन गराउन १२ देखि १५ हजार भारतीय रुपैयाँ खर्च हुन्छ ।’ ‘एकातिर शरीर कमजोर भएको छ अर्कोतिर पैसा खर्च भएको छ,’ उनले सुनाइन, ‘तैपनि परिवारको दबाब छ छोरा जन्माउन यसो गर्नेपर्छ । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्